१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राविधिक समस्याबीच नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १३ बिहीबार १०:४०:००

बुधबार बजार सुचारु भएको केही मिनेटपछि नै नेप्सेको कारोबार प्रणालीमा समस्या आउँदा लगानीकर्ताहरूले हैरानी व्यहोरेका छन् । प्राविधिक गडबडीका कारण नेपाल पूर्वाधार बैंकको सेयर मूल्य शून्यसम्ममा झरेको देखिएपछि नेप्सेमा एकैपटक ८३ अंकको गिरावट देखिएको थियो ।

करिब डेढ खर्ब बजार पुँजीकरण रहेको निफ्राको सेयर मूल्य शून्य हुँदाको प्रभाव बजारमा देखिएपछि नेप्सेले कम्पनीको सेयर कारोबार केही समय स्थगितसमेत गर्नुपर्‍यो । प्रणालीमा सुधार गरेर निफ्राको कारोबार सुचारु गरेसँगै बजारले वास्तविक प्रवृत्ति देखाएको थियो । 

नेप्सेका अधिकारीहरूले भने हालसम्म यसको आधिकारिक जानकारी दिएका छैनन् । लगानीकर्ताहरूले यस दिन अन्य कम्पनीहरूको कारोबार गर्नसमेत समस्या भएको बताएका छन् । समग्रमा भने यस दिन नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १२ दशमलव ५६ अंकले बढेर २ हजार ५ सय बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार सर्वोच्च अदालतको फैसलाले संसद् ब्युतिएपछि बुधबारको सेयर बजार सकारात्मक हुने अपेक्षा लगानीकर्ताहरूमा थियो । यद्यपि, प्राविधिक गडबडीले भने बजारको यथार्थ प्रवृत्ति पहिल्याउन लगानीकर्तालाई समस्या पर्‍यो । यस दिन २ सय ४ वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार कित्ता धितोपत्र तथा ऋणपत्र किनबेच हुँदा ६ अर्ब ७० करोड १९ लाख रुपैँयाबराबरको खरिद–बिक्री भएको छ । 

यस दिन सर्वाधिक कमाउने कम्पनीमा आइएमई जनरल इन्स्योरेन्स रह्यो । कम्पनीको बुधबार १० प्रतिशतले बढेर सर्किट लाग्यो । त्यस्तै, नेपाल फाइनान्स लिमिटेड, चन्द्रागिरी हिल्स र नेपाल बैंक रहेका छन् । १ सय २७ को मूल्य बढ्दा ६७ वटाको मूल्य घटेको हो । नेपाल बैंकको सर्वाधिक १२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पनि बुधबार ९ लाख ९२ हजार कित्ता सेयर किनबेच भएको छ । 

यस दिन सारथि नेपाल लघुवित्तले ९ दशमलव ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको यस दिन मूल्य भने ३७ रुपैयाँले घटेर १ हजार ५ सय ७५ रुपैयाँमा सीमित भएको छ । बजारमा लघुवित्त समूहमा रहेको मध्ये नयाँमा दरिने यो कम्पनीको मूल्यको तुलना लाभांश दरमा लगानीकर्ताहरू सन्तुष्ट नभएको देखिन्छ ।