मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १७:३९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

किसुनजीको नाममा हाफ म्याराथन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १७:३९:००

पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना हुने भएको छ । आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतिस्पर्धा २२ चैतमा हुनेछ । प्रदेश संयोजक दीपक गुरुङले नयाँ खेलाडी उत्पादनमा मद्दत पुराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाए । उनका अनुसार यो प्रतिस्पर्धालाई भविष्यमा अन्तर्राष्ट्रियस्तरको बनाइनेछ ।

महिला र पुरुष दुवैतर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पाँच–पाँच हजार प्राप्त गर्नेछन् ।

म्याराथन गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चाबहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरबारमार्ग, केसरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानीलकण्ठ प्रहरी बिट हुँदै पुनः सोही स्थानमा आएर समापन हुने कार्यक्रममा जानकारी गराइएको छ ।