१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण १२ बुधबार १४:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले राजनीतिक अस्थिरताबाट देशलाई जोगायाे : पौडेल

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १२ बुधबार १४:०१:००

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णयले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताएका छन् । ‘देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको छ । संविधानवादलाई बचाएको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘नेपालमा लोकतन्त्रमाथि जुन खतराको बादल मडारिन लागेको थियो त्यसबाट सर्वोच्च अदालतले बचाउ गरेको छ ।’

नेपालको अदालतले वेलावेलामा जनता, संविधान र कानुनी राज्यको पक्षमा निर्णय गर्दै आएको भन्दै वरिष्ठ नेता पौडेलले सिराहामा नयाँ पत्रिकासँग कुराकानी गर्दै कांग्रेस लोकतन्त्रको पक्षमा रहेको बताए ।

‘नेपालमा राजनीतिक स्थितिरता, परिवर्तनको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको संरक्षण गर्नु नै कांग्रेसको मुख्य ध्येय हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेस अब संसदीय प्रक्रियालाई अगाडि बढाएर लोकतान्त्रिक पद्धति, संसदीय पद्धतिको जर्गेना गर्नतर्फ लाग्छ ।’ संसदीय प्रक्रिया ठीकसँग चल्नुपर्ने भन्दै उनले त्यसैमा नेपाली कांग्रेसको भूमिका रहने बताए ।