१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाका दुवै समूहलाई देउवाको ढोका खुला : प्रचण्ड र नेपाल पुगे देउवानिवास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १२ बुधबार १३:२४:००

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन् ।  स्राेतका अनुसार अहिले देउवाले नेकपाका दुवै समूहलाई छलफलका लागि ढोका खुला राखेका छन् ।

दुवै समूहका प्रस्ताव सुन्ने र छलफल गर्ने देउवाको तयारी छ । चितवनबाट बिहानै काठमाडौं फर्किएका दाहाल र नेपालले काठमाडौं आएलगत्तै देउवासँग भेट गर्न लागेका हुन् । स्राेतका अनुसार दिउँसो १ बजेका लागि तय गरिएको भेटघाटका लागि दाहाल र नेपाल अहिले देउवानिवास पुगेका छन् । 

मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन फैसला गरेको थियो । 
भेटमा विकसित राजनीतिक घटनाक्रम र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने एक नेताले बताए । यसअघि पनि दाहाल र नेपालले देउवालाई गोप्य रूपमा भेटेर संयुक्त आन्दोलनसहित प्रधानमन्त्रीको अफर गरेका थिए ।

नेकपा विभाजनका कारण संघ र प्रदेशमा समेत नयाँ सत्ता समीकरणका लागि कांग्रेस निर्णायक भूमिकामा छ । तर, देउवाले भने नेकपा आधिकारिक रूपमा नफुटेसम्म कसैसँग पनि सहकार्य नगर्ने भनेका थिए ।