१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १२ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धुम्बाराहीमा बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १२ बुधबार १३:१६:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अनुरोध गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै  सम्मानित सर्वोच्च अदालतले हजारौँ सपुतको बलिदान तथा लाखौँ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन  भएकाे भन्दै  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले दुवै अध्यक्ष केपी ओली र  प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गरेका  हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले गत पस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ। आजको दिन निरंकुशता, स्वेच्छाचारिता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र  र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन हो। यस अवसरमा म सर्वप्रथम प्रधानन्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन्छु। ’

उनले राष्ट्रपतिले  संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिएका छन् । साथै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने उनकाे भनाइ छ ।