१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १९:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपालले गरे खुसी साटासाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार १९:५०:००

सर्वोच्च अदालतले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला सुनाएपछि चितवनमा रहेका नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा बधाई साटासाट गरेका छन् ।

संसद् विघटनविरुद्ध दुई महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएका प्रचण्ड र नेपाल बुधबार चितवनमा हुने आमसभाका लागि त्यहाँ पुगेका थिए । तर, सर्वोच्चको पछिल्लो फैसलापछि मुलुकको राजनीतिक घटनाक्रम नयाँ शिराबाट अगाडि बढ्ने निश्चित देखिएपछि प्रचण्ड र नेपाल आमसभामा सहभागी नभई बुधबार बिहान काठमाडौं फर्किने भएका छन् ।

सर्वोच्चको फैसलापछि उहाँहरूले खुसियालीमा चितवनमा नेता–कार्यकर्ताहरूको मााझमा बधाई साटासाट गर्नुभएको छऽ’ अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले नयाँ पत्रिकासँग भने, ‘फैसलापछि मुलुकको राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढ्ने सम्भावना देखिएपछि आमसभामा  सहभागी नभई उहाँहरू बुधबार बिहान काठमाडौं फर्किनुहुनेछ ।’ चितवनमा बुधबारको विरोध सभा आजकाे सर्वाेच्चकाे फैसलापछि विजय सभामा परिणत गर्ने तयारी भएको छ । 

उच्च स्रोतका अनुसार सर्वोच्चको फैसलालाई प्रतिगमनको हार र लोकतन्त्रको जितका रूपमा लिएर प्रचण्ड–नेपाल समूहले खुसियालीको कार्यक्रम घोषणा गर्दै छ ।