मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ : रघुजी पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १७:०६:००

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद् विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताएका छन् । नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध ¥यालीमा सहभागी पन्तले सञ्चारकर्मीहरूसँग कुरा गर्दै असंवैधानिक रूपमा भएको संसद् विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव रहेको बताएका हुन् । 

सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद् पुनस्र्थापना गर्ने उनको विश्वास छ । जनतालाई जागरुक बनाउन र संसद् पुनस्र्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेलसम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए । 

माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको ¥यालीमा प्रदर्शनकारीहरूले संसद् पुनस्र्थापनाको माग गर्दै नाराबाजी गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद् विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । 

संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतामाथि ‘कु’ भएको भन्दै श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारसमेत खोसिएको अनुभूति भएकाले संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए । 

प्रदर्शनकारीहरूले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीको संवैधानिक हक सुनिश्चित गरौँ, समानुपातिक समावेशीकरण तथा धर्मनिरपेक्षताको रक्षा गरौँ, सामाजिक न्यायसहितको समृद्धिको आधार निर्माण गरौँ, प्रतिनिधिसभाको पुनस्र्थापना गरी संविधानको रक्षा गरौँ लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए ।