मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ फाल्गुण ९ आइतबार ०८:३४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा घरेलु तथा साना उद्योगमा करिब ४ अर्ब लगानी

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ९ आइतबार ०८:३४:००

जिल्लामा बर्सेनि घरेलु तथा साना उद्योगमा लगानी थपिँदै गर्दा हालसम्म यहाँका उद्योगमा करिब चार अर्ब  लगानी भएको छ । घरेलु तथाा साना उद्योग कार्यालयमा आ.व ०७१/७२ देखि हालसम्म तीन अर्ब ६९ करोड ५० लाख ४९ हजार उद्योगमा लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, सेवामूलक, उद्योग, कृषि र वन पैदावर उद्योगमा सबैभन्दा धेरै लगानी भएको छ ।

ती सिलाइकटाइ उद्योगहरू र पर्यटन उद्योगहरूमा महिला उद्यमीको संख्या बढिरहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख तोपलाल भुसालले बताए । पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमासमेत वृद्धि भएको छ । यी उद्योगहरूबाट उत्पादित वस्तुको निर्यातमा वृद्धि भएसँगै बर्सेनि लगानीसमेत बढेको लमजुङ उद्याेग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । 

घरेलु उद्योगतर्फ सिलाइकटाइ, कुटानीपिसानी र होटेलहरू पर्याप्त संख्यामा सञ्चालनमा आउन थालेको सिलवालले बताए । उनका अनुसार यस्ता व्यवसायमा महिलाहरूको संलग्नता बढी मात्रामा रहेको छ । त्यसमा पनि सिलाइकटाइ र पर्यटन व्यवसाय महिलाहरूले घरमै सञ्चालन गरी उल्लेख्य कमाइ गर्दै आइरहेका छन् । 

कृषि फार्ममा समेत आकर्षण
पछिल्ला वर्षहरूमा जिल्लामा व्यावसायिक कृषि फर्ममा समेत युवापुस्ताको आकर्षण बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यावसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो ।

परम्परागत रूपमा गर्दै आएका खेतीका लागि पर्याप्त सिँचाइ सुविधाको अभाव, मल, बिउको असुविधा, युवा शक्तिको अभाव भएकाले उल्लेखीय आम्दानी लिन नसकिने भएकाले पनि व्यावसायिक कृषिमा आकर्षण बढेको हो । जिल्लामा स्थापनाकालदेखि हालसम्म चार हजार तीन सय १९ उद्योग दर्ता भएका छन् ।