Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०६:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२० लाख डोजको भुक्तानी, तर १० लाख मात्रै खोप आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ९ आइतबार ०६:५४:००

सरकारले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार आउने भएको छ । सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार दश लाख डोज कोभिसिल्ड खोप आउने बताए । अधिकारीका अनुसार एयर इन्डियाको उडानमार्फत खोप दिउँसो साढे १ बजे काठमाडौं आइपुग्नेछ । बिचौलियामार्फत २० सेन्ट महँगो पर्ने भएपछि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको पहलमा चार डलरमा सीधै खरिद गरिएको हो । खोप भण्डारण क्षमता कम भएकाले हाल दश लाख डोज मात्रै आएको एक अधिकारीले बताए । 

पहिलो चरणमा आएको एक हप्तापछि थप दश लाख डोज खोप आउने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । स्वास्थ्यमन्त्री त्रिपाठीका अनुसार २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइनेछ । सरकारले विमानस्थलबाट खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गर्नेछ ।