मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ फाल्गुण ८ शनिबार १६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले प्रचण्डलाई भने– अझै पनि फर्किएर आउनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ फाल्गुण ८ शनिबार १६:०९:००

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डलाई अझै पनि फर्किएर पार्टीमा आउन आग्रह गरेका छन् । ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एकताको आह्वान गरेका हुन् । तर, ओलीले प्रचण्ड फर्किने सम्भावना नरहेको बताए । 

समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई कसैले पनि रोक्न नसक्ने ओलीले बताए । आर्थिक, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको ओलीको दाबी छ । 

प्रचण्ड–नेपाल समूहले पार्टी छाडेपछि मात्रै संवैधानिक आयोगले पूर्णता पाएको ओलीको जिकिर छ ।