मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ  : उपप्रधानमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार १३:५६:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा  निर्वाचन हुने बताएका छन् । काठमाडौं महानगरपालिका ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रहसमेत गरे ।

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरू कोही हुँदैनन् । यसैले  ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।’

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

बागमती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनर्निर्माण गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नं. ५  का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनर्निर्माणमा पहल गरेका थिए ।

सो अवसरमा उनले मन्दिर पुनर्निर्माण गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए । स्थानीयको करिब रु. १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणकाे कामका लागि आफू प्रतिबद्ध रहेको बताए । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो ।