Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ फाल्गुण ८ शनिबार ०६:३७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१६औँ दिनमा भागरथीको अन्त्येष्टि

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ८ शनिबार ०६:३७:००

बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार–७ की भागरथी भट्टको १६औँ दिन अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो १ बजे भागरथीका दाजु केशवले शव बुझेपछि महाकाली नदीमा उनको अन्तिम संस्कार गरिएको हो ।

हत्या अभियोगमा पक्राउ परेका किशोरले बिहीबार भागरथी र आफ्नो परिवारका सदस्यका सामु बलात्कारपछि आफैँले घाँटी थिचेर हत्या गरेको बयान दिएपछि शुक्रबार भागरथीको परिवारले शव बुझेको हो । यसअघि हत्याको १३औँ दिन मंगलबार पक्राउ परेका किशोरले हत्या गरे पनि बलात्कार नगरेको बयान दिएका थिए । किशोर एक्लैले यत्रो जघन्य अपराध गराएको मान्न नसकिएको भन्दै भागरथीको परिवारले शव बुझेको थिएन । 

बयानकै क्रममा उनले भागरथीले लगाएको घडीबारे पनि कुरा खोलेका थिए । हात समातेर भागरथीलाई पछार्ने क्रममा घडी फुत्किएको र त्यो आफ्नो बायाँ हातले झाडीमा फालेको बयान किशोरले दिएका थिए । किशोरले बताएको स्थानमै प्रहरीले बिहीबार घडी फेला पारेको थियो । ‘घडी चलिरहेको थियो, त्यसवेला घडीमा एक बजेर १९ मिनेट गएको थियो,’ प्रहरीसँगै घडी खोज्न पुगेका दोगडाकेदार–७ का अध्यक्ष भरत महराले भने । 

राडो कम्पनीको गुलाबी रङको फित्तावाला घडी भागरथीकै भएको आफन्तले पुष्टि गरेका थिए । अभियुक्तको बयानका आधारमा घडी फेला परेपछि घटनामा उनको संलग्नता रहेको थप विश्वासमा आफन्तहरू पुगेका थिए ।