मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १४:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा : बहस सकियो, तोकिएन निर्णय सुनाउने मिति

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १४:२५:००

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि बहस सकिएको हो । 

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १० फागुनसम्म बहस नोट उपलब्ध गराउन आदेश गरेका छन् । तर, निर्णय सुनाउने मिति भने उनले बताएनन् ।  जबराले भनेका छन्, ‘फैसला जहिले पनि आउन सक्छ । १० गतेभित्र बहस नोट पेस गर्नुस् ।’


पाठकले राय दिने क्रममा संविधान कोमामा भए सबै कोमामा हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘संविधान बिरामी छ, कोमामा छ भन्ने कुरा पनि आयो श्रीमान् । तर, न यो बिरामी छ न यो कोमामा छ । यो बिरामी छ भने हामी पनि बिरामी छौँ । किनकि यो हाम्रो लागि अक्सिजन हो ।’

सरकारी वकिलले विघटनको बचाउ गर्ने क्रममा संविधान बिरामी रहेको बताएका थिए । संसद् विघटन सदर गरेर संविधानलाई पुनर्जीवन दिनुपर्ने सरकारी वकिलले तर्क गरेका थिए ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा त्यसमाथि सुनवाइ भइरहेको छ । जबरासँगै न्यायाधीशहरू तेजबहादुर केसी, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ छन् ।