मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कर्मचारी समायोजन स्वेच्छिक बनाउनुपर्ने मागसहित निजामती कर्मचारी आन्दोलनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार १६:४०:००

‘कर्मचारी समायोजन अध्यादेश–२०७५’प्रति असहमति जनाउँदै असन्तुष्ट निजामती कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । बुधबार निजामती कर्मचारीहरुको एक समूहले कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छ । निजामती कर्मचारी समायोजन स्वेच्छिक बनाउनुपर्ने मुख्य मागसहित ज्ञापन पत्र बुझाइएको हो ।

आन्दोलित कर्मचारीहरूले अध्यादेशले कर्मचारीमाथि विभेद गरेको भन्दै तत्काल सच्याउन माग गर्दै ६ बूँदे ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बुझाएका छन् । आफूहरुलाई अन्याय र विभेदमा पार्ने गरी आएको अध्यादेशको विरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा ज्ञापन पत्र बुझाउनु परेको गृह मन्त्रालयका उपसचिव ज्ञाननाथ ढकालले जानकारी दिए।