Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस बैठक बस्दै, महाधिवेशनको मिति सार्न प्रस्ताव गर्ने पौडेल समूहको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ६ बिहीबार १४:२८:००

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । पार्टी कार्यालय सानेपामा अहिले केहीबेरमा बस्ने बैठकमा महाधिवेशनको मितिलगायतका विषयमा छलफल हुनेछ । 

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरामा आयोजित नेपाल मगर संघको कार्यक्रममा सहभागी भएका कारण बैठक ढिला बोलाइएको कांग्रेसले जनाएको छ । 
बैठकमा पौडेल समूहले केन्द्रीय महाधिवेशनलाई साउनमा सारेर तल्ला तहको अधिवेशन जेठमै सक्ने गरी कार्यतालिका परिवर्तन गर्नुपर्ने माग गर्ने तयारी गरेको एक नेताले जानकारी दिए । 

बुधबारको बैठकमा शीर्ष नेताहरूको छलफलबाट तयार भएको साझा प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले आगामी ७, ८, ९ र १० भदौमा काठमाडौंमा १४औँ महाधिवेशन गर्ने गरी प्रस्तावित कार्यतालिका पेस गरेका थिए । 

विधानको विशेष व्यवस्थासमेत गरी पाँचवर्षे कार्यकाल पूरा हुँदासमेत महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानको धारा २६९ (४) (ख)को उपयोग गर्दै ६ महिना कार्यकाल थप्ने भएको छ । १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाको कार्यकाल २६ फागुनमा सकिँदै छ । थपिएकोसहित देउवाको कार्यकाल ०७८ को २६ भदौसम्म रहनेछ । त्यतिञ्जेलसम्म पनि महाधिवेशन गर्न नसके कांग्रेस संवैधानिक संकटमा पर्नेछ । 

यस्तो छ प्रस्तावित महाधिवेशनको मिति र कार्यतालिका
समायोजन सक्नुपर्ने : १५ फागुन
क्रियाशील सदस्यता नवीकरण र वितरण सक्नुपर्ने : १० चैत
क्रियाशील सदस्यतामाथि जिल्लामा छानबिन सक्नुपर्ने : चैत मसान्त
क्रियाशील सदस्यतामाथि उजुरी र उपचार केन्द्रमा सक्नुपर्ने : जेठ मसान्त
क्रियाशील सदस्यको अन्तिम नामावली तयार : ७ असार
वडा तहको अधिवेशन :२० असार
स्थानीय तहको अधिवेशन: २२ असार
प्रदेश सभा क्षेत्रीय अधिवेशन : २५ असार
प्रतिनिधिसभा क्षेत्रीय र एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन : २८ असार
एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन : ३० असार
प्रदेश अधिवेशन : ६ साउन
केन्द्रीय महाधिवेशन : ७ देखि १० भदौ, काठमाडौं