राष्ट्रिय किताबखाना (शिक्षक), ताहाचलमा भएको घुस प्रकरणमा अधिकृत धनेश्वर प्रसाईंको समेत संलग्नता देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत प्रसाईंसहित तीनजनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले कार्यालयका हलुका सवारीचालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेलाई ५२ हजार घुससहित पक्राउ गरेको थियो । एक शिक्षकको अवकाशपश्चात पेन्सन कागजात बनाउन काम छिटो गरिदिने भनी त्यसरी घुस लिइएको थियो ।
अनुसन्धानको क्रममा अधिकृत प्रसाईंकै निर्देशनमा घुस लेनदेन भएको खुलेपछि तीनैजनाविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।