मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ फाल्गुण ५ बुधबार १५:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भागरथी हत्याका आरोपी सार्वजनिक

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण ५ बुधबार १५:१५:००

बैतडीकी किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार पत्रकार सम्मेलन गरेर आरोपीलाई सार्वजनिक गरेको हो । आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन् ।विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् । 

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने ।