मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले केन्द्रीय समिति बैठक बोलाएपछि पौडेल समूहको धर्ना स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ४ मंगलबार १५:२१:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम स्थगित गरेको छ । १४औँ महाधिवेशनको तयारीमा सभापति शेरबहादुर देउवाले चासो नदिएको भन्दै पौडेल समूहले बुधबार धर्ना दिने निर्णय गरेको थियो । 

सभापति देउवाले बुधबार नै केन्द्रीय समिति बैठक बोलाएपछि पौडेल समूहले धर्ना स्थगित गरेको हो । 

कांग्रेसले एक वर्षअघि नै आगामी ७ देखि १० फागुनसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको थियो । तर, अहिलेसम्म कुनै तयारी भएको छैन । पार्टीको वैधानिक कार्यकाल नै सकिने वेला भइसक्दासमेत सभापति देउवाले मिति तोक्ने विषयमै सकारात्मक चासो नदेखाएको भन्दै पौडेल समूहले दबाब दिने रणनीति अपनाएको थियो । 

पौडेल समूहका सबै केन्द्रीय सदस्य, सांसद, पूर्वसांसद र जिल्ला सभापतिहरूलाई धर्नामा सहभागी हुन आह्वान गरिएको थियो ।