मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी चेन्नाई
२०७७ फाल्गुण ४ मंगलबार १४:४०:००
Read Time : < 1 मिनेट
खेलकुद

टेस्ट क्रिकेट : भारतद्वारा इंग्ल्यान्ड ३१७ रनले पराजित

Read Time : < 1 मिनेट
रासस/एएफपी चेन्नाई
२०७७ फाल्गुण ४ मंगलबार १४:४०:००

भारतले दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली इंग्ल्यान्डलाई तीन सय १७ रनले पराजित गरेको छ । यो जितसँगै भारतले चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।

पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँहाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिन सफल भएका थिए । जितका लागि चार सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिन एक सय ६४ रनमै समेटिएको थियो ।

अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिएका थिए । उनले व्यक्तिगत एक सय ६ रन पनि बनाएर भारतीय इनिङलाई सम्मानजनक स्थितिमा पुऱ्याएका थिए । तेस्रो टेस्ट यही २४ फेब्रुअरीमा अहमदाबादमा हुनेछ ।