मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार १३:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भागरथीको हत्यामा संलग्न अपराधीलाई कारबाही गर्न महिला कानुन व्यवसायीको माग (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार १३:००:००

महिला कानुन व्यवसायीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । 

नेपाल बार एसाेसिएसन महिला समितिका पदाधिकारीहरूले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार– ३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन् । 

नेपाल बार एसाेसिएसनका उपाध्यक्ष एवं नेपाल बार एसाेसिएसन महिला समितिकी अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटनालगायत देशव्यापी रूपमा भएका बलात्कारका घटनाको सूक्ष्म अध्ययन गरी अपराधीलाई कानुनी कारबाही गर्न माग गरिएको बताइन्। भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरू छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गरेको अध्यक्ष बस्यालले बताइन् ।

महिला कानुन व्यवसायीहरूले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् । बालबालिका तथा महिलाहरूमाथि भइरहेका शृंखलाबद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाहीभित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाह भएको पुष्टि भएकोसमेत महिला कानुन व्यवसायीहरूले बताएका छन् ।