१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सोनी राई साेलुखुम्बु
२०७७ फाल्गुण ४ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा राष्ट्रिय निकुञ्जमा अनुमतिविना हेलिकाेप्टर अवतरण गर्न नपाइने

Read Time : < 1 मिनेट
सोनी राई साेलुखुम्बु
२०७७ फाल्गुण ४ मंगलबार १०:५१:००

सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमतिविना निकुञ्ज क्षेत्रमा हेलिकाेप्टर अवतरण गर्न रोक लगाएको छ । वन्यजन्तुको संरक्षणका लागि भन्दै निकुञ्जले अनुमतिविना हेलिकाेप्टर अवतरणमा रोक लगाएको हो । 

विनाअनुमति सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकाेप्टर अवतरण गरेको पाइएपछि सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको संयोजकत्वमा बसेको जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले यस्तो निर्णय गरेको हो । गत पुसमा भारतीय जी न्युज च्यानलका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोली सिम्रिक एयरको हेलिकाेप्टरमार्फत अनाधिकृत रूपमा निकुञ्ज क्षेत्रमा गई भिडियो छायांकन गरेपछि निकुञ्जले यसलाई गम्भीर रुपमा लिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए । 

अधिकार प्राप्त अधिकारीबाट अनुमति नलिई तथा राजस्व नतिरी उनी त्यहाँ गएकाले यस्तो घटना दोहोरिन नदिनका लागि कडाइ गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने लुक्ला र स्याङ्बोचेस्थित हेलिप्याड रहेकाले अन्यत्र स्थानमा हेलिकाेप्टर अवतरणमा रोक लगाइएको हो ।