Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ०५:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन : १५ दिन थपियो आवेदनको म्याद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ४ मंगलबार ०५:४९:००

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अर्थात् स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ ।

बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाले आफ्नो आइडिया पठाउनका लागि समय अपुग भएको भन्दै आएको अग्रहअनुसार म्याद थप गरिएको हो । 

अन्तिमपटक म्याद थपका लागि अनुरोध आएबमोजिम १५ दिन म्याद थप गरेर फागुन १५ गते पुर्‍याइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए ।

मंसिर २४ गतेबाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८ सय ७० आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्राप्त आइडियामध्ये उत्कृष्ट आइडिया छनोट गरी निःशुल्क तालिम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पूर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवामा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउन्डेसनले मिलेर काम गरिरहेको बताए ।