मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीले शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे : प्रकाशमान सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार १७:२७:००

कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानाशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको आरोप लगाएका छन् । कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रदर्शनको क्रममा कास्कीमा आयोजित विरोध सभामा सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन् ।

‘उनले तानाशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे । शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने । 

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तिहरूले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो वेला अदालतले त्यसलाई असंवैधानिक ठहर गऱ्याे । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर, सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ ।’ 

पुनर्वहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने, तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ । उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड ब्यालेन्स भएको बताउँदै कार्यपालिकाले व्यवस्थापिकामाथि प्रहार गर्दा न्यायपालिकाले सच्च्याउनुपर्ने बताए ।