मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल
२०७५ फाल्गुण १ बुधबार ०७:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

विपी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७५ फाल्गुण १ बुधबार ०७:५६:००

सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत २ जना छात्रालाई गाडीले ठक्कर दिएपछि विद्यार्थीले विपी राजमार्ग अवरुद्ध गरेका छन् । विएड प्रथम वर्षमा अध्ययनरत छात्रा मोनिका थापा र रोजिना कार्कीलाई क्याम्पस जाँदै गर्दा आज विहान बा३च ६७५१ नम्बरको बोलेरोले ठक्कर दिएर घाइते बनाएको हाे।

घाइते विद्यार्थीको सिन्धुलीमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको क्याम्पस प्रमुख दुर्गा अधिकारीले जानकारी दिए । क्याम्पस जाँदै गरेका विद्यार्थीलाई गाडीले ठक्कर दिएर घाइते बनाएको भन्दै विद्यार्थीले विपी राजमार्गको कमलामाई नगरपालिका-६ स्थित राममाणिमा सडक अवरुद्ध गरेका छन् । 

विद्यार्थीले सडक अवरुद्ध पारेसँगै यात्रुको विचल्ली भएको छ । विद्यार्थीलाई ठक्कर दिएको गाडी र सवारी चालकलाई सिन्धुलीगढी प्रहरी चौकिले नियन्त्रणमा लिएको छ । विद्यार्थीलाई ठक्कर दिने बोलेरो सिन्धुलीदेखि काठमाडौं जाँदै थियो ।