मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २ आइतबार ०६:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिन्धुलीमा सिभिल बैंकको  नगदरहित अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २ आइतबार ०६:१३:००

सिभिल बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा नगदरहित अभियानको थालनी गरेको छ । बैंकले विशेष कार्यक्रम आयोजना गरेर अभियान सुरु गरेको हो । अभियानको सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य क्युआर कोडमार्फत भुक्तानी गरी उद्घाटन गरेको बैंकले जनाएको छ ।

सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु तथा ३४ विभिन्न व्यापारीलाई क्युआर कोड वितरण गर्दै अभियान सुरु गरिएको जनाइएको छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाइ गर्दा खर्च हुने तथा बिदेसिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात् गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताएको बैंकले जनाएको छ । नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रूपमा लैजानुपर्ने उनले बताएको जनाइएको छ । 

बैंकले आफ्ना ग्राहकहरूलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यममा पनि क्युआर कोडलाई अझ सशक्त रूपमा देशव्यापी रूपमा लैजाने र आगामी दिनहरूमा पनि यस्तै खालका सेवाहरू ल्याउँदै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएको जनाइएको छ । बैंकले देशभरमा १ सय १४ शाखा र ६ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको जनाएको छ ।