१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ ३० शुक्रबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेशका प्रमुखसचिव चढेको जिपको ठक्करबाट टेम्पोचालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ माघ ३० शुक्रबार १९:५१:००

प्रदेश २ सरकारका प्रमुखसचिव चढेको जिपले ठक्कर दिँदा टेम्पोचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार चोहर्वा–सिराहा सडकखण्डको विष्णुपुर गाउँपालिका– ५ लक्ष्मीपुर चोकनजिक शुक्रबार प्रदेश २ सरकारका प्रमुखसचिव गोकर्णमणि दुवाडी चढेको जिपको ठक्करले कल्याणपुर नगरपालिका– १२ बेलहा घर भएका टेम्पोचालक अन्दाजी ४५ वर्षका जयप्रकाश साहको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

सिराहा प्रहरीका अनुसार बिग्रिएको स.१ह ३०४३ नम्बरको टेम्पोलाई राजदेव मोचीले चलाएको स.१ह ३४६९ नम्बरको अर्को टेम्पोको माध्यमबाट तानेर गोलबजारतिर ल्याउँदै गरेको अवस्थामा दक्षिणतर्फ गइरहेको मुख्यसचिव दुवाडी चढेको प्रदेश २–०२–००१ झ ००५७ नम्बरको जिपले ठक्कर दिएको थियो । सडकको खाल्डो काट्ने क्रममा जिपले पछाडिपट्टिको टेम्पोलाई ठक्कर दिँदा साहको मृत्यु भएको तथा अगाडिको टेम्पो तथा चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टेम्पोलाई ठक्कर दिने मुख्यसचिव चढेको जिप र चालक जिल्ला प्रहरी कार्यालय सिराहमा र बिग्रिएको टेम्पो इलाका प्रहरी कार्यालय विष्णुपुरको नियन्त्रणमा रहेको छ ।