१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसियाको  डेबिट कार्ड अनलाइनमार्फत ब्लक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३० शुक्रबार ०६:४४:००

 एनआइसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सुविधा सुरु गरेको छ । बैंकले  ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपत्कालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ल्याएको हो । 

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्नुनपरोस् भन्ने उद्देश्यले आफ्नो वेबसाइटमा रहेको आइसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ । ग्राहकको आवेदनअनुसारको डेबिट कार्ड ब्लक भएपछि बैंकले ग्राहकलाई एसएमएसमार्फत खबर गर्ने व्यवस्थासमेत रहेको जनाइएको छ ।

आइसर्भमार्फत मोबाइल बैंकिङ सेवा, ग्राहकसम्बन्धी सेवा, टेलर सेवा र डेबिट कार्डसम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा ३ सय ३९ शाखा, ४ सय ७१ एटिएम, ८८ विस्तारित काउन्टर तथा ७८ शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।