१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जिल्ला ब्युरो काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:५९:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

कोरोना महामारीसँगै  फेरिएको व्यस्त हवाई रुट

Read Time : > 2 मिनेट
जिल्ला ब्युरो, काठमाडाैं
२०७७ माघ ३० शुक्रबार ०७:५९:००

- आन्तरिक उडानतर्फ सर्वाधिक व्यस्त रुट दक्षिण कोरियाको जेजु इन्टरनेसनलदेखि सियोल गिम्पोसम्मको हवाई रुट रहेको छ ।
- युरोपका प्रायः देशहरूले जारी गरेका भ्रमण प्रतिबन्ध र कोरोना भाइरसबाट बच्ने अरू प्रतिबन्धका कारण त्यस क्षेत्रको हवाई उडान पनि नराम्ररी प्रभावित भएको देखिएका छन् ।

                     ....

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि धेरै मानिसलाई घुमफिरमा निस्कनु असम्भवजस्तै भएको छ । कोरोना महामारीपछि धेरै देशले भ्रमणमा लगाएको प्रतिबन्धका कारण विश्वभर नै एयर प्यासेन्जर (हवाई यात्री)को संख्यामा उल्लेख्य कमी आएको छ ।

यहीकारण अन्तर्राष्ट्रिय हवाई यात्रामा पनि केही परिवर्तन देखिएको छ । सामान्य अवस्थामा सबैभन्दा व्यस्त रहने अन्तर्राष्ट्रिय हवाई रुट अहिले सुनसानजस्तै देखिएका छन् । ट्राभल एलालिस्ट ओएजीले प्यासेन्जर संख्याको आधारमा कोरोना भाइरस सुरु भएपछिको व्यस्त हवाई रुटको खोजी गरेको छ ।

गत महिना दुबईदेखि लण्डनको हिथ्रू विनस्थलको हवाई रुट सबैभन्दा व्यस्त देखिएको थियो । यो रुटमा जनवरी महिनामा सबैभन्दा बढी यात्रुले यात्रा गरेका थिए । जनवरी महिनामा दुबईदेखि लन्डनसम्म झन्डै दुई लाखले यात्रा गरेका थिए । 

संयुक्त अरब इमिरेट्स (युएई)ले विन्टरमा दुबईको समुद्रमा घाम ताप्न आउने बेलायती पर्यटकहरूलाई क्वारेन्टिन बस्नुपर्ने नियम तय गरेपछि यो रुट निकै व्यस्त बनेको थियो । तर, संक्रमण बढ्न थालेपछि बेलायतले दुबईलाई ‘रेड लिस्ट’मा राखेको छ । यहीकारण यो रुट अहिले बन्दजस्तै भएको छ ।

यो रुट अहिले व्यस्त अन्तर्राष्ट्रिय रुटको शीर्ष १० भित्र पनि पर्दैन । यो महिना ओर्लान्डोदेखि सान जुआनसम्मको यात्रा सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय रुटका रूपमा देखिएको छ । यो रुटमा फेब्रुअरी महिनाभित्र एक लाख ३५ हजार दुई सय ४४ जनाले भ्रमण गर्ने तय गरेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डो इन्टरनेसनल एयरपोर्टदेखि प्युर्टो रिकाको राजधानी सान जुआनसम्मको यो रुट तीन घन्टाको रहेको छ । अमेरिकी नागरिकलाई सान जुआनको यात्रा गर्न पासपोर्ट आवश्यक नपर्ने भए पनि ओएजीले यो रुटलाई अन्तर्राष्ट्रिय भनेको छ ।

यी दुवै सहर पर्यटकका लागि व्यस्त गन्तव्य मानिन्छ । ओल्र्यान्डो वाल्ट डिस्ने वर्ल्ड रिसोर्टको सहर हो । प्युर्टाे रिका पनि अमेरिकनहरू धेरै पुग्ने पर्यटीय गन्तव्य हो ।दोस्रो व्यस्त अन्तर्राष्ट्रिय एयर रुट दुबईदेखि दिल्लीसम्मको रहेको छ । यो रुटमा फेब्रुअरी महिनामा एक लाख २९ हजार ६ सय ८३ जनाले यात्रा गर्ने तय गरेका छन् । यस्तै, कायरोदेखि जेद्दासम्मको यात्रा तेस्रो अन्तर्राष्ट्रिय व्यस्त हवाई रुटको रूपमा देखिएको छ । यो रुटमा एक लाख २८ हजार ६ सय ६५ यात्रुले यात्रा गर्ने निश्चित भएको छ ।

आन्तरिक उडानतर्फ भने एसियाकै रुट अगाडि देखिएका छन् । आन्तरिक उडानतर्फ साउदी अरेबियाको जेद्दादेखि रियाद र मेक्सिकोको कानकुनदेखि मेक्सिको सिटीसम्मको हवाई रुट मात्रै शीर्ष १० भित्र पर्ने एसियाबाहेकका रुट रहेका छन् । जेद्दादेखि रियादसम्मको रुटमा पाँच लाख चार हजार आठ सय ४० र कानकुनदेखि मेक्सिको सिटीसम्म तीन लाख ७४ हजार नौ सय ७२ जनाले यात्रा गर्ने तय भएको छ ।

आन्तरिक उडानतर्फ सर्वाधिक व्यस्त रुट दक्षिण कोरियाको जेजु इन्टरनेसनलदेखि सियोल गिम्पोसम्मको हवाई रुट रहेको छ । यो रुटमा ११ लाख १९ हजार ३७ ले यात्रा गर्नेछन् । दोस्रो स्थानमा रहेको आन्तरिक रुट हो, भियतनामको हानोईदेखि हो चि मिन्ह सहरसम्मको रुट । यो रुटमा १० लाख ८५ हजार चार सय ७२ जनाले यात्रा गर्ने निश्चित गरेका छन् ।

अन्तरिक उडानतर्फ यो महिना १० लाखभन्दा बढीको यात्रा हुने यही दुई रुट मात्रै हुन् । यो महिना चिनियाँ अन्तरिक उडानमा भने ठूलो संख्यामा गिरावट आएको छ । चीनको बेइजिङ, सांघाई र ग्वान्झाउको उडानमा ठूलो संख्याले कमी आएको छ । यी तीनै गन्तव्य शीर्ष १० बाट बाहिर परेका छन् । बेइजिङदेखि सांघाईसम्मको रुटमा ६० प्रतिशत र सांघाईदेखि ग्वान्झाउसम्मको रुटमा ५५ प्रतिशतले कमी आएको छ ।

युरोपका प्रायः देशहरूले जारी गरेका भ्रमण प्रतिबन्ध र कोरोना भाइरसबाट बच्ने अरू प्रतिबन्धका कारण त्यस क्षेत्रको हवाई उडान पनि नराम्ररी प्रभावित भएको देखिएका छन् । सोहीकारण अन्तर्राष्ट्रिय उडानतर्फ सधैँ अगाडि रहने युरोपेली हवाई रुट पछिल्लो समय शीर्ष दशभित्र कमै देखिएका छन् । यो महिना अन्तर्राष्ट्रियतर्फ मात्रै दुई युरोपियन हवाई रुट शीर्ष १० भित्र परेका छन् । आन्तरिकतर्फ एउटा पनि युरोपियन हवाई रुट शीर्ष १० भित्र परेका छैनन् ।

एजेन्सीकाे सहयाेगमा