मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार २१:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. गोविन्द केसी फागुन १२ देखि अनशन बस्ने, यस्ता छन् तीनबुँदे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार २१:३२:००

डा. गोविन्द केसीले आगामी १२ फागुनदेखि २०औँ आमरण अनशन बस्ने घोषणा गरेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर डा. केसीले तीनबुँदे माग अघि सारेका छन् । 

संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास भइरहेको केसीको दाबी छ । केसीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको इमानको परीक्षण हुने पनि बताएका छन् । संविधानमाथि भएको निरंकुश प्रहारलाई निस्तेज पार्ने आफ्नो मौलिक कर्तव्य पूरा गर्न अहिंसात्मक पहलकदमी लिन सम्पूर्ण नागरिक पंक्तिलाई केसीले अपिल पनि गरेका छन् । 

यस्ता् छन् केसीका माग
१. अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् ।

२. अवैध रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस् ।

३. चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस् ।