मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार २०:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रिहा भएपछि रामकुमारी झाँक्रीले भनिन्–आन्दोलनको जित भएको छ, प्रतिगमन हार्दै छ, ढल्दै छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार २०:०९:००

प्रहरी हिरासतबाट रिहा भएपछि नेकपा नेतृ रामकुमारी झाँक्रीले देशव्यापी दबाबका कारण प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको बताएकी छिन् । बिहीबार साँझ रिहा भएपछि झाँक्रीले उपस्थित कार्यकर्तामाझ भनिन्, ‘देशभर प्रदर्शन र दबाबका अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामीहरूले जित्दै छौँ ।’

प्रधानमन्त्री केपी ओलीको एकपछि अर्को निरंकुश कदम उदांगो भएको र अब सम्पूर्ण हिसाबले प्रतिगमन ढल्ने उनले बताइन् । प्रतिगमनलाई अन्तिम धक्का लगाउन लागेको उनको भनाइ छ । 

उनले भनिन्, ‘हामीले संविधानमा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई सबभन्दा बढी महत्व दिएका छौँ । यसको खिलापमा राज्य भयो भने हक स्थापित गर्न हामीले अन्तिम हदसम्मको लडाइँ लड्नुपर्छ ।’

उनले आफूविरुद्ध मुद्दा दायर नभएको बताउँदै राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरेको बताइन् । ‘व्यक्तिगत राजनीतिक दबाब सिर्जना गरेर राजनीतिक प्रतिशोधका कारण गिरफ्तार गरिएको हो । मेरोविरुद्धमा अभियोग दर्ता भएको छैन,’ उनले भनिन्, ‘त्यसकारण यहाँ कुनै सर्तनामाको कुरा होइन, म विनासर्त यहाँ (प्रहरी हिरासत)बाट निस्केकी छु ।’ 

प्रतिगमन पहिलेभन्दा अझै अनुदारतापूर्वक आएको उनको भनाइ छ । ‘यो प्रतिगमन मात्र होइन, प्रतिक्रान्ति हो,  यसले सात दशक लामो जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई च्यातचुत पार्ने अवस्था सिर्जना गरेको छ ।’

प्रहरीले राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ पुर्जी जारी गरी उनलाई घरबाटै पक्राउ गरेको थियो । भाषणको विषयलाई लिएर पक्राउको विरोधमा आलोचना भइरहेको छ ।