१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २९ बिहीबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामकुमारी झाँकीलाई प्रहरीले छाड्यो 

Read Time : < 1 मिनेट
२०७७ माघ २९ बिहीबार १८:२७:००

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरी छाडेको छ । श्रीमान् पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशाखाले छाडेको हो । 

प्रहरी कार्यालयमा भएको करिब पाँच घन्टा लामो छलफलपछि प्रहरी उनलाई छाड्न तयार भएको हो । राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको भनेर उनले प्रहरी कार्यालयमा कागज गरेपछि छाडिएको महाशाखाका एक प्रहरी अधिकारीले बताए । 

प्रहरीले राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरी उनलाई घरबाटै पक्राउ गरेको थियो । भाषणको विषयलाई लिएर पक्राउको विरोधमा आलोचना भइरहेको छ ।