१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १८:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाको दुवै समूहका अभिव्यक्ति सभ्य समाजअनुकूल छैनन् : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १८:१८:००

कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुई समूहले व्यक्त गरेका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकूल नभएको भन्दै संयम अभिव्यक्तिका लागि आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संंयमतापूर्वक समस्याको समाधान पहिल्याउन अपिल गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

‘पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृंखलाप्रति कांग्रेस गहिरो चिन्ता प्रकट गर्दछ, खासगरी नेकपाका दुई समूहको नेतृत्वपंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकूल बिलकुलै छैनन्,’ शर्माले भनेका छन्, ‘अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरू जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन्, यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ ।’ 

प्रवक्ता शर्माले संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाका दुुवै थरीलाई आग्रह गरेका छन् । ‘संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी दुवैथरीलाई आग्रह गर्दछौँ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँछौँ ।’