१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षीया बालिका बलात्कारपछि हत्याको घटनामा सहयोग गर्न भारतको मानव अधिकार आयोगलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १७:१५:००

राष्ट्रिय मानव अधिकार आयोगले भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपश्चात् हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले घटनाको निष्पक्ष अनुसन्धान र क्षतिपूर्तिका लागि आवश्यक पहल गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको जनाएको छ । 

आयोगले विभिन्न व्यक्ति तथा प्रहरी अधिकारीसँग सम्पर्क गरी घटनाको सम्बन्धमा जानकारी लिएको छ । आयोगले यस किसिमको क्रूर र अमानवीय घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन, पीडित परिवारको उचित सुरक्षा व्यवस्था गर्न तथा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको हो । 

साथै, उक्त घटनाका सम्बन्धमा पीडित परिवारको न्याय तथा सुरक्षा लागि आवश्यक कूटनीतिक पहल गर्न पनि आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका– ३ की १२ वर्षीया बालिकालाई ८ माघमा सामूहिक बलात्कारपश्चात् हत्या गरी जलाइएको थियो ।