मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओली तीव्र गतिमा ओरालो लागेको देखिन्छ : घनश्याम भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार १६:५८:००

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओली तीव्र गतिमा ओरालो लागेको बताएका छन् । नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि ट्विटमार्फत  भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भुसालले ट्विटमा लेखेका छन्, ‘रामकुमारी झाँक्री पक्राउ परेको ठाउँमा उभिएर हेर्दा प्रधानमन्त्री केपी ओली तीव्र गतिमा ओरालो लागेको देखिन्छ ।’

नेतृ झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री ओलीको व्यापक आलोचना भइरहेको छ ।