राज्यविरुद्धको कसुरसम्बन्धी अनुसन्धानमा प्रहरीले गिरफ्तार गरेपछि नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाइँ भएको बताएकी छिन् ।
प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले बिहीबार ट्विट गर्दै भनेकी छिन्, ‘राज्यविरुद्धका कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाइँ हो । आफ्नो ठाउँमा डटौँ ।’