मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ २९ बिहीबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार

झाँक्रीको पक्राउ देशलाई मुठभेडमा लगेर निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
२०७७ माघ २९ बिहीबार १३:५८:००

नेकपा केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले घरबाटै पक्राउ गरेपछि नेकपा नेताहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

नेकपा नेता जनार्दन शर्माले झाँक्रीको पक्राउलाई नागरिक स्वतन्त्रताको हनन मात्रै नभएर देशलाई मुठभेडमा लैजाने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन मात्र होइन देशलाई मुठभेडमा लगेर आफ्नो निहित स्वार्थ पूर्ति गर्ने षड्यन्त्र हो ।’