मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २९ बिहीबार १३:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झाँक्रीको पक्राउपछि गगन थापाको आक्रोश– सरकार  झ्यालखानाको संख्या थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २९ बिहीबार १३:२५:००

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै उनले प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् । उनले उहिले महाराजाले गर्ने काम अहिले  राष्ट्रपतिले गरेको भन्दै आक्रोश व्यक्त गरे । 

उनले लेखेका छन्, ‘सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’