१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २९ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिबन्धित नेकपासहित चार कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा हुँदै

Read Time : < 1 मिनेट
२०७७ माघ २९ बिहीबार १०:४०:००

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले वर्तमान सत्ता र सरकारविरुद्ध आज रणनीतिक संयुक्त मोर्चाको औपचारिक घोषणा हुँदै छ ।

नेपाल कम्युनिस्ट पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच संयुक्त मोर्चा घोषणा हुन लागेको हो ।

राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा दिउँसो साढे १२ बजे सुरु हुने कार्यक्रममा चारवटै पार्टीका प्रमुख तथा प्रतिनिधिहरूले सम्बोधन गर्ने बताइएको छ ।

कार्यक्रममा रणनीतिक मोर्चाको केन्द्रीय समिति, आगामी कार्यक्रम र योजनाहरू तथा विशेष सम्बोधन हुनेछ। यसअघि १४ पुसमा चारै दलले ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी चार पार्टीको बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ विज्ञप्ति सार्वजनिक गरेका थिए ।