१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको ६ विजेता घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार ०६:५९:००

लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउडसोर्सिङ प्रतियोगिता हो । प्रतियोगितामा बिल भुक्तानी १ मा विराटनगरका लोकेश दंगाल र भक्तपुरका मन्दीप बखुन्छे विजयी भएको बैंकले जनाएको छ ।

त्यस्तै बिल भुक्तानी २ मा पोखराका विकास त्रिपाठी, कार्ड सेवामा काठमाडौंका सन्तोष शाक्य विजयी भएको जनाइएको छ । कार्डरहित नगद निष्कासनमा भरतपुरका भुवन तिवारी र नगद ट्रान्सफरमा मुस्ताङका छेवाङ गुरुङ विजयी भएको बैंकले जनाएको छ ।

प्रतियोगितामा पाँचवटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरूले प्रत्येक शीर्षकमा तीन   मिनेटसम्मको एउटाको दरले पाँचवटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यसमा प्रत्येक शीर्षकका विजयीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने बैंकले घोषणा गरेको थियो । प्रतियोगितामा विभिन्न क्षेत्रबाट ४ सय ५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत सहभागिता रहेको बैंकले जनाएको छ । पहिलो शीर्षकमा भने दुईवटा भिडियोबीच बराबर भई दुईवटै भिडियो विजेता भएको जनाइएको छ ।