१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्याससहित पेट्रोलियमको मूल्य बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:३८:००

नेपाल आयल निगम लिमिटेडले घाटा पूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । 

त्यस्तै पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँ वृद्धि गरिएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगम प्रवक्ता विनितमणि उपाध्यायले बढ्दो घाटा पूर्ति गर्न मूल्य बढाउनुपरेको बताए । मूल्यवृद्धि पछि निगमलाई अझै ठूलो दरमा नोक्सान रहेको उनले दाबी गरे ।