१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
निजामती कर्मचारी अस्पताल बानेश्वरमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन नाम दर्ता गर्दै सञ्चारकर्मी । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

त्रिविका पूर्वउपकुलपतिहरूले भने– कोरोनाविरुद्धको भ्याक्सिन न्यायोचित रूपमा व्यवस्था हुनुपर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २९ बिहीबार ०८:१६:००

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन न्यायोचित रूपमा व्यवस्था गर्न माग गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भौतिक उपस्थितिमा स्कुल, कलेज र विश्वविद्यालयका कक्षा सञ्चालन भएकाले विद्यार्थी, शिक्षक र कर्मचारीमा जोखिम बढे पनि कोरोनाविरुद्धको भ्याक्सिन लगाउन उनीहरूलाई प्राथमिकताको सूचीमा नपार्नु गलत भएको बताएका छन् । 

‘सामाजिक नैतिकताको खुलेआम उल्लंघन भएको छ । भ्याक्सिनको न्यायोचित वितरणको व्यवस्था गर्न अक्षम सम्बन्धित मन्त्री र मन्त्रीको टोलीले यसको जिम्मेवारी लिई सार्वजनिक रूपमा माफी मागेर सामाजिक नैतिकताप्रति संवेदनशील रहेको जनाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै सम्बन्धित सम्पूर्ण कार्य पारदर्शी होस् भन्ने पनि माग छ ।’

उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नवीनजंग शाहले स्वास्थ्य मन्त्रालयलाई सामाजिक न्यायप्रति संवेदनशील हुन आग्रह गर्दै सबैभन्दा जोखिममा रहेको ज्येष्ठ नागरिकलाई उपेक्षा नगर्न आग्रह गरेका छन् ।

‘नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो चरण समाप्त हुँदासम्म सबभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई पूर्णतया उपेक्षा गरेको पाइयो । दोस्रो चरणसम्म पनि तिनीहरू उपेक्षित रहे,’ विज्ञप्तिमा भनिएको छ ।