मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार २१:२६:००
Read Time : < 1 मिनेट
समाचार

हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपाको यात्रा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार २१:२६:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तयारी गरेको छ । विज्ञप्तिमार्फत पार्टीले यात्राको तयारी भइरहेको जानकारी गराएको हो ।

पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गर्ने यात्राले हिन्दु राष्ट्र कायम, राष्ट्रिय अखण्डताको रक्षा भ्रष्टाचारको अन्त्य जस्ता मुद्दालाई केन्द्रमा राखेको छ । तराईका २२ जिल्लासहित मुख्य सहरहरुमा केन्द्रीत हुने कार्यक्रममा शाकाहारी भोजनको व्यवस्था गरिएको पार्टीको प्रचारक विभागका प्रमुख माहन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यात्राको अन्तिम काठमाडौंमा दिन पाँच हजार कलश यात्रासहित विभिन्न कार्यक्रम गरी सम्पन्न गरिने जनाएको छ ।