मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनता सडकमा उत्रिसके, केपी ओली दिनगन्ती गर्दै गर्नुस्  : सन्तकुमार चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार १४:५६:००

नेकपाका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती सुरु भएको बताएका छन् । उनले संविधान र संघीयतामाथि आक्रमण भएको भन्दै ओलीले संघीयता मास्न नसक्ने बताए ।

 ‘खबरदार केपीजी, संघीयतालाई मास्न पाइँदैन, लाखौँलाख जनता सडकमा उत्रिसके, गाउँगाउँबाट जनता सडकमा उत्रिसके,’  प्रचण्ड–माधव समूहले गरेको विरोध सभामा बोल्दै उनले भने, ‘तपाईंको अन्त्य सुरु भइसक्यो, दिनगन्ती गर्दै गर्नुस्, तपाईंलाई समाप्त पार्ने आन्दोलनमा जनता होमिसकेका छन् ।’


उनले ओलीको प्रतिगामी कदमविरुद्ध २० जिल्लाका थारूहरूले विद्रोहको झन्डा उठाएको बताए । ‘२० जिल्लाका लाखौँलाख थारूहरूले विद्रोहको झन्डा उठाइसके, अब २०औँ लाख थारूहरूले ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा फ्याल्नेछन्,’ उनले भने ।