नेविसंघले अघिल्लो मिति राखेर गरेका सम्पुर्ण निर्णय खारेज

२०७५ माघ २९ मंगलबार १९:३५:०० | काठमाडौं

कांग्रेस केन्द्रीय समिति बैठकले  नेविसंघ सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुबाट अघिल्लो मिति राखेर भएका सबै निर्णय बदर गर्ने निर्णय गरेको छ । २ माघभित्र १२ औं महाधिवेशन गर्न नसकेका नेविसंघ अध्यक्ष नैनसिंह महरले सोमबार अध्यक्षबाट राजीनामा दिएका थिए । 

आफूले राजीनामा दिने भएपछि महरले अगाडिको मिति राखेर केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्याम्पसका इकाइ प्रमुखसहितका पदहरु दिएको चिठी बाँडेका थिए ।

प्रतिकृया दिनुहोस