Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा याङ्गुन
२०७७ माघ २८ बुधबार १४:१९:००
Read Time : < 1 मिनेट
विश्व

म्यानमारमा सैन्य कूको विरोधमा प्रदर्शन जारी, बुधबारदेखि सरकारी कर्मचारी पनि सहभागी

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा याङ्गुन
२०७७ माघ २८ बुधबार १४:१९:००

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध प्रदर्शन जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी छिन् । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ  ।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन । तर हालसम्म कसैको पनि मृत्यु भएको समाचारहरू भने आएका छैनन् । बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् । 

यसैबीच म्यानमारको सेनाले नेतृ आङ सान सुकीको पार्टी नेसनल लीग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तहसनहस पारिदिएको दलले दाबी गरेको छ । मङ्गलवार राति सुरक्षाकर्मीहरू कार्यालयको ढोका फोरेर भित्र छिरेर तहसनहस गरेको जानकारी दिइएको छ । 

सेनाले जारी गरेको रात्रीकालीन निशेधाज्ञाका बेला छापा मारेको  बताइएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ ।