Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ २८ बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेरि पश्चिमी वायुको प्रभाव : आंशिकदेखि सामान्य बदली भए पनि वर्षा हुने सम्भावना कम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ २८ बुधबार ११:२२:००

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ । 

यस प्रणालीको प्रभावले वर्षाको सम्भावना भने कमै रहेको मौसमविद् नीराजन सापकोटाले बताए । ‘उक्त प्रणालीमा जलवाष्पयुक्त हावा कम भएकाले वर्षा हुने सम्भावना कम रहेको हो,’ उनले भने, ‘हिउँद याममा १४ मिलिलिटर वर्षा हुनुपर्नेमा हालसम्म १.३ मिलिलिटर मात्र वर्षा भएको छ ।’

मौसमविद्का अनुसार अझै केही दिन ठूलो वर्षाको सम्भावना रहेको छैन । सो प्रणालीको प्रभाव साँझापखबाट हटेर जाने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । 

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश १ तथा बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भूभागका हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री सेल्सियस रहेको छ । रासस