१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २८ बुधबार ०६:०७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिस्पर्धा गराउने  भनेर कुलमानको  नियुक्ति रोकेको सरकारले शाक्यलाई सीधै नियुक्ति दियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २८ बुधबार ०६:०७:००

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने भनेर कुलमान घिसिङलाई रोकेको सरकारले हितेन्द्रदेव शाक्यलाई भने सीधै नियुक्ति दिएको छ । प्रधानमन्त्री केपी ओलीले ऊर्जा मन्त्रालयबाट प्रस्ताव मगाएर शाक्यलाई नियुक्ति दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको छ । यसअघि २७ कात्तिकदेखि उनी निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । 

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौमा घिसिङलाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, प्रधानमन्त्री ओलीले प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने भन्दै नियुक्ति रोकेका थिए । 

घिसिङ बिदा भएपछि प्राधिकरण निमित्त कार्यकारी निर्देशकको नेतृत्वमा थियो । करिब दुई महिना प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तर, पछि शाक्यलाई नै कामको जिम्मेवारी दिइएको थियो । 

मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले ऊर्जा मन्त्रालयको सिफारिसमा शाक्यलाई नियुक्त गरिएको बताए । शाक्यले पनि नियुक्त गर्ने निर्णय भएको जानकारी पाए पनि आधिकारिक पत्र अझै प्राप्त नभएको बताए । ‘पत्र प्राप्त गरेपछि मात्र मिडियालाई प्रतिक्रिया दिन्छु,’ उनले भने ।