मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २७ मंगलबार १७:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २७ मंगलबार १७:०४:००

सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । 

सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए । निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।