१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २७ मंगलबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विस्तारित वीर अस्पतालका लागि आर्थिक अभाव हुँदैन : अर्थमन्त्री पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २७ मंगलबार १६:३४:००

अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको विस्तारित वीर अस्पतालका लागि आर्थिक अभाव नहुने बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका– १ दुवाकोटमा विस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायबाट बाधा नहुने बताएका हुन् । 

उनले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने बताए । आगामी ६ महिनाभित्रमा बिजुली, पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराउने उनको आश्वासन छ । 

उनले सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका सचिव तथा सम्बन्धित न्याम्स तथा वीरका पदाधिकारीहरूका साथै स्थानीय तहका प्रमुखलाई पनि ६ महिनाभित्र प्रगति प्रतिवेदन पेस गर्न आग्रह गरे । 

अर्थमन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले वीर अस्पतालजस्तो ठुलो प्रोजेक्टमा यथाशक्य छिटो काम थालनी गर्न आफूहरू दिलो ज्यान दिएर लागेको बताए । उनले दुवाकोटवासीले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न पनि आग्रह गरे । 

विस्तारित वीर अस्पतालका लागि सरकारले न्याम्सको नाममा पाँच सय ७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्याब बन्नेछन् । जसका लागि सरकारले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको भए पनि चिनियाँ कम्पनीले ढल, पानी, विद्युत् र बाटोलगायत कुनै पनि भौतिक पूर्वाधारविना आफूहरू काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्षदेखि काम हुन सकेको छैन । 

स्थलगत अवलोकनमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी, अर्थ र स्वास्थ्यसचिव, न्याम्सका उपकुलपति, चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय तहका पदाधिकारी पुगेका थिए ।