१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ २७ मंगलबार १६:०३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् स्वास्थ्य बिगार्ने पेयपदार्थ

Read Time : > 2 मिनेट
२०७७ माघ २७ मंगलबार १६:०३:००

शरीर स्वस्थ र फिट बनाउने दाबीसहित बजारमा विभिन्न ब्रान्डका जुस तथा पेयपदार्थ उपलब्ध छन् । क्यालोरी, प्रोटिन तथा भिटामिनयुक्त रहेको दाबीसहितका यस्ता पेयपदार्थको नियमित सेवनले स्वास्थ्यलाई फाइदाभन्दा हानि पु¥याउने स्वास्थ्यकर्मी तथा पोषणविद्हरूको भनाइ छ । यसकारण पोषणविद्हरूले बजारिया पेयपदार्थ नियमित सेवन नगर्न सुझाब दिँदै आएका छन् । केही पेयपदार्थले त भविष्यमा मधुमेहको टाइप– २ लगायत समस्यासमेत देखाउने उनीहरूको चेतावनी छ । पोषणविद्हरूले निम्न उल्लेखित पेयपदार्थ सकेसम्म सेवन नगर्न सुझाब दिएका छन् । 

प्रोटिन सेक
कठिन शारीरिक अभ्यासपछि शरीरमा प्रोटिन बढाउन धेरै मानिसले प्रोटिन सेक लिने गरेको पाइन्छ । तर, प्रोटिन सेकले फाइदाभन्दा बेफाइदा धेरै गर्ने पोषणविद्हरूको दाबी छ । 
इन्स्टिच्युट अफ कलिनरी एजुकेसन सेन्टरका डाइरेक्टर तथा न्युट्रिसन सेलिन बिचम्यानका अनुसार मासु खाने व्यक्तिले प्रोटिन सेक लिनु आवश्यक छैन । नियमित मासुसँगै प्रोटिन सेक खायो भने यसले शरीरमा हानि पु¥याउँछ । प्रोटिनयुक्त ड्रिंक्स धेरै सेवन गर्दा यसले हामीहरूको मिर्गौलामा असर गर्ने न्युट्रिसन बिचम्यानको भनाइ छ । ‘प्रोटिन धेरै हुँदा हाम्रो शरीरको मिर्गौलामा सीधै असर गर्छ, यसले शरीरको बोसोपना बढाउने काम गर्छ,’ उनले भने । 

कालो रंगको सोडा
सोडामा हाम्रो शरीरलाई चाहिने कुनै पनि तत्व छैन । अर्थात् यसमा पोषणयुक्त चिज नै हुँदैन । यसकारण कालो रंगको सोडा ज्यानमाराबराबर भएको प्रसिद्ध पोषणविद् मिगन बान्गले बताएका छन् । उनका अनुसार कालो रंगको सोडामा अत्यधिक फास्फोरिक एसिड हुन्छ । साधारण एसिडको तुलनामा फास्पोरिक धेरै खतरनाक हुन्छ । फास्फोरिक एसिडले शरीरमा क्याल्सियमको मात्रा घटाउँछ । ‘शरीरमा क्याल्सियमको मात्रा घटाउने हो भने मात्र फास्फोरिक एरिडयुक्त कालो सोडा खाने हो, विनाकारण यो सेवन गर्दा हड्डी कमजोर बनाउँछ,’ मिगनले भने । 

इनर्जी ड्रिंक्स
खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले शरीरमा छिट्टै इनर्जी आउने विश्वासका साथ विश्व प्रसिद्ध इनर्जी ड्रिंक्स पिउने गर्छन् । इनर्जी डिं«क्स लिँदा एकैपटक ती खेलाडीमा इनर्जी ह्वात्तै बढ्छ पनि । तर, यो दीर्घकालीन रूपमा फाइदाजजक नरहेको विज्ञहरू मान्छन् । सर्टिफाइड न्युट्रिसन एन रमार्कका अनुसार इनर्जी ड्रिंक्स सेवनपछि रातमा निद्रा राम्रोसँग नलाग्न सक्छ । साथै भविष्यमा छालामा यसको असर देखिन्छ । छोटो समयमै छाला बिग्रन सक्छ । 

दुधको चिया
अफिस वा कलेज समयमा दुधको चिया पिउने बानी धेरैमा हुन्छ । अत्यधिक मात्रामा दुधको चिया पिउँदा सुगर लेभल बढ्न सक्छ । दुधको चियामा एन्टिअक्सिडेन्ट्स मात्रा बढी हुन्छ । न्युट्रिसनहरूले मिठो चियाको चुस्की धेरै लिँदा टाउको दुख्ने समस्या हुने बताएका छन् । यसले पनि रातमा अनिद्रा र मधुमेधसम्बन्धी समस्या ल्याउन सक्छ । 

दुधयुक्त कफी
दुधयुक्त तथा चिनी भएको कफी पनि शरीरका लागि त्यति फाइदाजनक होइन । यसले फाइदाभन्दा बढी नोक्सान गर्छ । एउटा ठूलो गिलासको मिठो कफीमा लगभग पाँच सय क्यालोरी हुन्छ । थोरै मिनेटमै तपार्इंको शरीरमा अतिरिक्त क्यालोरी बढ्छ । यसले केही घन्टापछि शरीरमा सुगरको मात्रा बढाउने काम गर्छ । नियमित रूपमा यस किसिमको मिठो कफी पिउनाले भविष्यमा शरीर अस्वाभाविक रूपमा मोटाउने तथा डाइबिटिज हुन सक्छ । 

फ्रुट जुस
फलफूलको जुस शरीरका लागि निकै राम्रो मानिन्छ । तर, घरमा बनाएको फ्रेस फ्रुट जुस मात्रै । बजारमा पाइने प्याकेटवाला जुस भने शरीरका लागि निकै हानिकारक हुन्छ । यसमा धेरै क्यालोरी तथा चिनीको मात्रा हुन्छ । प्याकिङ भएको जुस मधुमेह रोगीका लागि विष हो । 

सेल्टजर्स सोडियम
सेल्टजर्स एक किसिमको कार्बोनेट पानी हो । चलनचल्तीको भाषामा यो कक्टेल गर्न मिसाइने पानी हो । यसमा विषादी केमिकल पाउडर मिसाएको हुन्छ । जस्तो कि सोडियम बायकार्बोनेट तथा पोटासियम सल्फेट मिसाएको हुन्छ । यो मिश्रित सेल्टजर्स सोडियम डिं«क्स पिउँदा वा मिसाउँदा स्ट्रोकको सम्भावना उच्च हुन्छ । 
–एजेन्सीहरूको सहयोगमा